पात्रहरु:
बा : टेलिफोन
दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन
आख्यानकर्ता : स्मार्टफोन
के गर्नु बा!
हाम्रो अस्तित्व नै भुल्छु कि जस्तो लाग्छ
पहिले तपाईंहरु, सार्है अफ्ट्यारो भा बेला समाचार गर्नुहुन्थो, सन्देस पठाउनुहुन्थो । काम सक्किन्थो !
अहिले त सार्है गर्हो छ फुर्सद पाउनै सार्हो छ
हामीलाई स्मार्ट भन्या छन् , काम पेलाउनु पेलाआ छन्
न त सुत्दा छोड्छन , न त उठ्दै बिसाउछन्
चलाका चलाइ गर्छन् , खेलाका खेलाइ गर्छन्
म माथी घोप्टेका घोप्टै गर्छन्
भजन हेर्छन् किर्तन हेर्छन
कान्ड, प्रचण्ड सबै हेर्छन्।
मेरो डड्याल्नो तात्तिएर उनका औंला नपोलुन्जेल छोड्दैनन् बा!
कहिले त तिर्खाले आकुल भाको हुन्छु
उनका शरीर थर्किने गरि पानि! पानी! भन्छु रै पनी वास्तै गर्दैनन् ।
त्यति बेला चै सार्है रिसउठ्छ, अनि अफ्ट्यारो पर्या बेला म पनि सुत्दिउ सुत्दिउ झैँ लाग्छ ।
फेरि सम्झन्छु ,दुई खुट्टे मान्छेले गतिछाडे भन्दैमा मैले धर्म भुल्नुहुन्न , मेरो पुर्खाको इज्जत सम्झेर म सम्हालिन्छु।
तर बा!
सुन्छु चीनिया साथिहरु त यसरी सहदैनन् रे, रिस पोख्न, बेला बेला सुत्दिन्छन रे
उनिहरुले तेसो गरे भन्दैमा हामीले गरिहाल्न मिलेननी , हगि बा?
हाम्रो इतिहास त बेग्लै छ
तपाईंहरुको इमान्दारिताको तारिफ अझै सुन्छु
दाइहरुले एक छाक खाएर महिनौँ खटेको मनमनै गुन्छु।
स्मार्ट नभएनी मोट्टा खाइलाग्दा
आगो, पानी, तेल, हिलो र चर्पिमासम्म पसेर सकुसल फर्केका हाम्रा वीर दाइहरुको ईतिहास उस्तै सान्दार छ ।
तर समय फेरीयो , अनेक अनेक प्रतिभा भएका साथीहरु हेरियो ।
बिडम्मना सबै जर्सी गाई जस्ता भए
हेर्दा राम्रा , दूध पनि धेरै दिने
तर भित्रबाट कमजोर, रोगिया , अनि दूध पनि तमतमाइलो , पातलो , खल्लो ..
जमाना बिकासेको आएछ , दुनियाथरी मिसावट खाएका ,चिटिक्क परेका तर सार्है हानिकारक।
मान्छेभने अन्द भक्क्त भएर यिनको पछि पर्या छन्
सारा काम हामिलाइ लगार आफू कमजोर हुँदै गाछन्
दुई खुट्टेले गल्ती गर्दै छन्
एक दिन पछुताउछन् बा! पछुताउछन् ।