Wednesday, 8 April 2020

संयोग

२०७६,बैशाख

पालो पर्खनु पर्दैन होला भनेर म बिहानै बानेश्वरको सैलुन पुगेको थिएँ तर त्याहा पुगेर थाहापाएँ म निकै नै छिटो हिडेछु कारण  सैलुनको सटर खुलेकै थिएन । त्यस पछि म अगाडिको चिया पसलमा बसेर सैलुनबाला दाइलाइ पर्खिरहेको थिएँ। निकैबेरपछी एक जना करिब ४० बर्सका मानिस मेरो अगाडी आए, झट्ट हेर्दा मलाई माग्ने जस्तै लाग्यो र मेरो मस्तिष्कमा उप्रति तिरस्कार्को भाबना जाग्यो। "काम गर्न छोडेर के माग्दै हिडेको होला?" भनेर मैले मन्न्मनै सम्झिएँ। तर ऊनी  काम्दै नम्र आवाजमा मलाई केही भनिरहेका रहेछन् , मैले हजुर... भनेर उनको कुरा सुने । " कोटेश्वर यहाँबाट  कति टाढा छ? मेरो चोर ले सबै पैसा लगिदियो ४ माना घिउ थियो त्यो पनि लगिदियो । म दिदिकोमा हिडेको सबै पैसा चोरि भयो। कलङ्किबाट म हिडेर आएको " उनले भक्कनियर एकै पल्टमा भने।उनको अनुसार ऊनी ओखलढुंगा बाट रात्रीबससमा आएका रहेछन् र ब्याग बसबाट चोरी भए छ, त्यस पछि चैँ मलाई पनि नरमाइलो लाग्यो तर पनि उनको कुरा सत्प्रतिसत सहि हो भन्नेमा म बिश्वास्थ भने अझै थिन तर पनि उनको त्यो कुरा सुनेर मैले उनको आसय बुझिसकेको थिएँ र उनले मलाइ छ  भने ५/१० रुपैयाँ  दिनुन भनिहाले । उनको कुरा सहि भएपनी नभएपनि मैले  २५ रुपैयाँ निकालेर दिएँ र " यति पैसाले तपाई दिदिको घर पुग्नुहुन्छ "भने ।त्यस पछि मलाई धन्न्यबाद दिदै उनी त्यहा बाट निस्किए  र सैलुन पनि खुल्यो अनि म कपाल काट्न  तिर लागेँ । कपाल काट्न थालेपछि मेरो दिमागमा त्यही मानिस भक्कानिएको झझल्को आइरहेको थियो।" त्यो मान्छेलाई  के! साच्चैँ नै अभर परेकै हो, या ठग हो ?" भन्नेकुरा मेरो मन्न्मा खेलिरह्यो। मैले कपाल काटिसकेपछि म आफ्नो होसटेल पुगुन्जेलसम्म यो प्रस्न मेरो मन्न्बाट हट्न सकेन। अब चैँ त्यो मान्छेले पक्कै  दुख पाएकै हुनुपर्छ भन्ने लाग्न थाल्यो। कतै उसलाइ त्यो पैसाले पुग्दैन कि ? मैले त्यहि चिया पसलमा चिया पाउरोटी खुवाइदिएको भएपनी त हुन्थ्यो जस्ता कुरा मन्न्मा उब्गिन थल्ल्यो , अबभने म आफैलाई लज्जा महसुस  हुन थाल्यो फेरि अर्को मनले उ ठगहोला भनेर चित्त बुझाएँ। एक महिना जतिमा मैले त्यो कुरा भुलिसकेको थिएँ । केही महिना पछि हाम्रो होसटेलमा नयाँ कुक राखियो । त्यो कुक्लाइ देखेपछी मलाइ कता चिने चिने जस्तो लाग्यो तर ठम्याउन भने सकिन। ३/४ दिन पछि चै मलाइ सोध्नमन लाग्यो र एक दिन  मैले खाना खाइ सकेपछी सोधेँ " तपाइँ र मेरो भेट पहिले कतै भएको थियो हो ?"उनलेमलाइ निकै बेर निहाले र  अचम्मित हुँदै आखाभरि आँसु र मन्दमुस्कान्ले भने " भएको थियो ।"  मैले मेरा महिनौ देखिका हजारौं  प्रस्नका जवाफ पाएँ ।

No comments:

घोप्टे कलि

पात्रहरु : बा : टेलिफोन  दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन  आख्यानकर्ता : स्मार्टफोन के गर्नु बा! हाम्रो अस्तित्व नै भुल्छु कि जस्त...