Wednesday, 8 April 2020

झरी

सगरमा रुमलिएर आकार बदल्ने भुवा होस् तँ
मेरो नजरमा चखेवा भए
अरुको नजरमा फुल,डाँफे.. अनेक होस् तँ

धरातल बिर्सिएर सुर्जेको आडमा
छ्यडिकको रमझममा तल्लिन छस् तँ।

तर तेरो सुन्दर्ता त तब झल्किन्छ
जब त मेरो खरको छाना र जस्तापाता हुँदै
बलेसिमा तप तप गर्दै झर्छस्

जब त मुस्कुराउदै आफ्नो धरातल फर्कन्छस् ।

No comments:

घोप्टे कलि

पात्रहरु : बा : टेलिफोन  दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन  आख्यानकर्ता : स्मार्टफोन के गर्नु बा! हाम्रो अस्तित्व नै भुल्छु कि जस्त...