![]() |
यदि साँझ मात्रै हुनेथ्यो भने , हरेक घढि ,हरेक पला म moodमा मात्रै हुन्थेँँ होला,
गगनका सारा तारा एक एक गरि गन्थेँँ होला
|
Saturday, 18 April 2020
साँझ
Friday, 10 April 2020
घोप्टे कलि
पात्रहरु:
बा : टेलिफोन
दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन
आख्यानकर्ता : स्मार्टफोन
के गर्नु बा!
हाम्रो अस्तित्व नै भुल्छु कि जस्तो लाग्छ
पहिले तपाईंहरु, सार्है अफ्ट्यारो भा बेला समाचार गर्नुहुन्थो, सन्देस पठाउनुहुन्थो । काम सक्किन्थो !
अहिले त सार्है गर्हो छ फुर्सद पाउनै सार्हो छ
हामीलाई स्मार्ट भन्या छन् , काम पेलाउनु पेलाआ छन्
न त सुत्दा छोड्छन , न त उठ्दै बिसाउछन्
चलाका चलाइ गर्छन् , खेलाका खेलाइ गर्छन्
म माथी घोप्टेका घोप्टै गर्छन्
भजन हेर्छन् किर्तन हेर्छन
कान्ड, प्रचण्ड सबै हेर्छन्।
मेरो डड्याल्नो तात्तिएर उनका औंला नपोलुन्जेल छोड्दैनन् बा!
कहिले त तिर्खाले आकुल भाको हुन्छु
उनका शरीर थर्किने गरि पानि! पानी! भन्छु रै पनी वास्तै गर्दैनन् ।
त्यति बेला चै सार्है रिसउठ्छ, अनि अफ्ट्यारो पर्या बेला म पनि सुत्दिउ सुत्दिउ झैँ लाग्छ ।
फेरि सम्झन्छु ,दुई खुट्टे मान्छेले गतिछाडे भन्दैमा मैले धर्म भुल्नुहुन्न , मेरो पुर्खाको इज्जत सम्झेर म सम्हालिन्छु।
तर बा!
सुन्छु चीनिया साथिहरु त यसरी सहदैनन् रे, रिस पोख्न, बेला बेला सुत्दिन्छन रे
उनिहरुले तेसो गरे भन्दैमा हामीले गरिहाल्न मिलेननी , हगि बा?
हाम्रो इतिहास त बेग्लै छ
तपाईंहरुको इमान्दारिताको तारिफ अझै सुन्छु
दाइहरुले एक छाक खाएर महिनौँ खटेको मनमनै गुन्छु।
स्मार्ट नभएनी मोट्टा खाइलाग्दा
आगो, पानी, तेल, हिलो र चर्पिमासम्म पसेर सकुसल फर्केका हाम्रा वीर दाइहरुको ईतिहास उस्तै सान्दार छ ।
तर समय फेरीयो , अनेक अनेक प्रतिभा भएका साथीहरु हेरियो ।
बिडम्मना सबै जर्सी गाई जस्ता भए
हेर्दा राम्रा , दूध पनि धेरै दिने
तर भित्रबाट कमजोर, रोगिया , अनि दूध पनि तमतमाइलो , पातलो , खल्लो ..
जमाना बिकासेको आएछ , दुनियाथरी मिसावट खाएका ,चिटिक्क परेका तर सार्है हानिकारक।
मान्छेभने अन्द भक्क्त भएर यिनको पछि पर्या छन्
सारा काम हामिलाइ लगार आफू कमजोर हुँदै गाछन्
दुई खुट्टेले गल्ती गर्दै छन्
एक दिन पछुताउछन् बा! पछुताउछन् ।

Thursday, 9 April 2020
Wednesday, 8 April 2020
झरी
सगरमा रुमलिएर आकार बदल्ने भुवा होस् तँ
मेरो नजरमा चखेवा भए
अरुको नजरमा फुल,डाँफे.. अनेक होस् तँ
धरातल बिर्सिएर सुर्जेको आडमा
छ्यडिकको रमझममा तल्लिन छस् तँ।
तर तेरो सुन्दर्ता त तब झल्किन्छ
जब त मेरो खरको छाना र जस्तापाता हुँदै
बलेसिमा तप तप गर्दै झर्छस्
जब त मुस्कुराउदै आफ्नो धरातल फर्कन्छस् ।

आउँछ बसन्त
![]() |
पद यात्रा, पाथीभरा ,२०७५ |
हिंडिरहेको म, घेरिएं कुहिरोले आज
कुहिरो सङ्गै आएको तुसारो र स्याठिले
भिजाइरहेरछ चिस्याइरहेछ,
गिज्याइरहेछ मेरो पृस्ठभुमिलाइ,
बर्तमानलाइ।
भबिस्यलाइ।
कुन्न्नी कुनआवजले आज
न म देख्नसक्छु , नभेट्नसक्कछु, नछुट्नसक्छु।
नसक्छु छेक्न, न रोक्न
न देखिने न मेटिने नयाँ तरङ्ग फैलियो आज मभरी
बिस्तारी
सुस्तरी।
शिशिरले छोपिएको मलाइ चिन्न चियाएकै भरमा चिच्याउनु
बेकार छ ,धिक्कार छ।
चिन्ने साहास भए आइज बसन्न्तमा एक रुप बनी
अनि देखाउनेछु साम्म्राज्य शिशिरमा
ठडियाएको ।
रङ्गगियाएको ।
अनि मन्न्द मन्न्द हुदै हराउने छ त्यो चिच्याहट
मन्न्द मन्न्द गर्दै छाउने छ मुस्कान त्यो अनुहारमा
सर्म सङ्गै
लज्जा सङ्गै
-sanketkshitiz416

संयोग
२०७६,बैशाख
पालो पर्खनु पर्दैन होला भनेर म बिहानै बानेश्वरको सैलुन पुगेको थिएँ तर त्याहा पुगेर थाहापाएँ म निकै नै छिटो हिडेछु कारण सैलुनको सटर खुलेकै थिएन । त्यस पछि म अगाडिको चिया पसलमा बसेर सैलुनबाला दाइलाइ पर्खिरहेको थिएँ। निकैबेरपछी एक जना करिब ४० बर्सका मानिस मेरो अगाडी आए, झट्ट हेर्दा मलाई माग्ने जस्तै लाग्यो र मेरो मस्तिष्कमा उप्रति तिरस्कार्को भाबना जाग्यो। "काम गर्न छोडेर के माग्दै हिडेको होला?" भनेर मैले मन्न्मनै सम्झिएँ। तर ऊनी काम्दै नम्र आवाजमा मलाई केही भनिरहेका रहेछन् , मैले हजुर... भनेर उनको कुरा सुने । " कोटेश्वर यहाँबाट कति टाढा छ? मेरो चोर ले सबै पैसा लगिदियो ४ माना घिउ थियो त्यो पनि लगिदियो । म दिदिकोमा हिडेको सबै पैसा चोरि भयो। कलङ्किबाट म हिडेर आएको " उनले भक्कनियर एकै पल्टमा भने।उनको अनुसार ऊनी ओखलढुंगा बाट रात्रीबससमा आएका रहेछन् र ब्याग बसबाट चोरी भए छ, त्यस पछि चैँ मलाई पनि नरमाइलो लाग्यो तर पनि उनको कुरा सत्प्रतिसत सहि हो भन्नेमा म बिश्वास्थ भने अझै थिन तर पनि उनको त्यो कुरा सुनेर मैले उनको आसय बुझिसकेको थिएँ र उनले मलाइ छ भने ५/१० रुपैयाँ दिनुन भनिहाले । उनको कुरा सहि भएपनी नभएपनि मैले २५ रुपैयाँ निकालेर दिएँ र " यति पैसाले तपाई दिदिको घर पुग्नुहुन्छ "भने ।त्यस पछि मलाई धन्न्यबाद दिदै उनी त्यहा बाट निस्किए र सैलुन पनि खुल्यो अनि म कपाल काट्न तिर लागेँ । कपाल काट्न थालेपछि मेरो दिमागमा त्यही मानिस भक्कानिएको झझल्को आइरहेको थियो।" त्यो मान्छेलाई के! साच्चैँ नै अभर परेकै हो, या ठग हो ?" भन्नेकुरा मेरो मन्न्मा खेलिरह्यो। मैले कपाल काटिसकेपछि म आफ्नो होसटेल पुगुन्जेलसम्म यो प्रस्न मेरो मन्न्बाट हट्न सकेन। अब चैँ त्यो मान्छेले पक्कै दुख पाएकै हुनुपर्छ भन्ने लाग्न थाल्यो। कतै उसलाइ त्यो पैसाले पुग्दैन कि ? मैले त्यहि चिया पसलमा चिया पाउरोटी खुवाइदिएको भएपनी त हुन्थ्यो जस्ता कुरा मन्न्मा उब्गिन थल्ल्यो , अबभने म आफैलाई लज्जा महसुस हुन थाल्यो फेरि अर्को मनले उ ठगहोला भनेर चित्त बुझाएँ। एक महिना जतिमा मैले त्यो कुरा भुलिसकेको थिएँ । केही महिना पछि हाम्रो होसटेलमा नयाँ कुक राखियो । त्यो कुक्लाइ देखेपछी मलाइ कता चिने चिने जस्तो लाग्यो तर ठम्याउन भने सकिन। ३/४ दिन पछि चै मलाइ सोध्नमन लाग्यो र एक दिन मैले खाना खाइ सकेपछी सोधेँ " तपाइँ र मेरो भेट पहिले कतै भएको थियो हो ?"उनलेमलाइ निकै बेर निहाले र अचम्मित हुँदै आखाभरि आँसु र मन्दमुस्कान्ले भने " भएको थियो ।" मैले मेरा महिनौ देखिका हजारौं प्रस्नका जवाफ पाएँ ।

साथी
साथीले सम्झाउछ
साथीले सयौँ चोट सहन्छ
साथी सागर हो
साथी समय भन्न्दा माथी हुन्छ
समयले पर्खदैन
साथिले छोड्डैन
साथी सब थोक हो
साथी सधैंलाई हो
साथी एक आश हो
लासलाई एक मुठ्ठी सास हो-साथी
अन्धकारको बेला प्रकास हो - साथी
सुर्जेलाई विशाल आकास हो- साथी
बिपन्नलाई सम्पन्नता हो - साथी
सुदामाको परिमार्जित स्वरुप हो साथी
महको परिस्कृत बनोट हो साथी
युग कलि होला तर सत्य हो साथी
समस्या सुल्झाउन नसक्ला
तर सुल्झाउने अनेकन प्रयास गर्छ साथी
साथीको खुसीमा सङै हुन नपाउला साथी
तर
प्रकासौँ बर्ष टाढा भएपनी उसको मुटु नाच्ने छ, फोक्सो गजक्क पर्ने छ अनि आँखा रसाउने छ
खु...सि..ले ...
-sanketkshitiz416
गुरु पुर्णिमा
जन्मभुमि
Subscribe to:
Posts (Atom)
घोप्टे कलि
पात्रहरु : बा : टेलिफोन दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन आख्यानकर्ता : स्मार्टफोन के गर्नु बा! हाम्रो अस्तित्व नै भुल्छु कि जस्त...
-
साथीले साथ दिन्छ साथीले सम्झाउछ साथीले सयौँ चोट सहन्छ साथी सागर हो साथी समय भन्न्दा माथी हुन्छ समयले पर्खदैन साथिले छोड...
-
गुरु कलिला हातमा कलम समाउन सिकाउने देखि जिन्दगिको घाउमा मलम लगाउन सिकाउने सम्पुर्ण गुरु अनि गुरुआमाहरुलाइ मेरो प्रणाम 🙏🙏